Thursday, April 16, 2015

वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): - २०७२ वार्षिक राशिफल

वर्षको सुरुमा आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ। उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ। असार २५ पछि बृहस्पतिको स्थानान्तरणले केही समस्या आउन सक्छन्। बुद्धि–विवेकको उपयोग गर्न नसकिएला। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ। पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ। व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। कृषिमा लागत बढे पनि उत्पादनमा वृद्धि हुनेछ। पेटको समस्याले वर्षभरि नै सताउन सक्छ, यो वर्ष चरित्रमा दाग लाग्न सक्छ, सचेत रहनुपर्नेछ। लामो समय पत्नी र सन्तानलाई तथा वर्षको अन्त्यमा आमालाई पीडा हुने देखिन्छ। समस्याबाट मुक्तिका लागि सभक्ति बृहस्पति, र राहुको मन्त्रजप तथा बगलामुखी, काली र बटुक भैरवको पूजा–उपासना गर्नुपर्दछ। साउन, कात्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ। वैशाख, भदौ र मंसिर महिना प्रतिकूल रहनेछन्।

No comments:

Post a Comment