Thursday, April 16, 2015

सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

वर्षको सुरुमा बृहस्पतिको प्रभावले टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च गरिनेछ। तर, साथसाथै पढाइलेखाइ अवरुद्ध बन्ने, व्यवसायमा हानि, रोजगारीमा बाधा प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ। शनिको प्रभावले अन्यायमा परिने योग छ। विश्वासमा पारेर फसाउनेहरूले सताउनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ। एक्लोपनाको अनुभूति हुनेछ।  राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। सानो त्रुटिले वर्षभरि दुःख पाइने योग छ। परिस्थिति प्रतिकूल बन्ने समय भएकाले संयमित भएर व्यवहार गर्नुहोला। जन्मकुण्डलीमा राहु र शनि प्रतिकूल हुनेहरूलाई थप बाधा हुन सक्छ। तर, दुवै अनुकूल हुनेहरूलाई फाइदै हुनेछ। विधिपूर्वक बगलामुखी, काली र छिन्नमस्ता भगवती तथा बटुक भैरवको पूजा–उपासना गर्नाले, बृहस्पति–शनि–राहुको मन्त्रजप गर्नाले र आफ्ना इष्टदेवको समेत आराधना गर्नाले फाइदा हुनेछ। शनिबार पीपलमा जल चढाई विष्णुको पूजा गर्नाले पनि समस्याबाट मुक्त रहन सकिनेछ।  कात्तिक, माघ, जेठ, असार महिनामा बढी फाइदा हुनेछ। साउन, मंसिर र चैत महिना प्रतिकूल रहनेछन्।

No comments:

Post a Comment