Thursday, April 16, 2015

कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): - २०७२ वार्षिक राशिफल

वर्षको सुरुआत फाइदाजनक रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। घरमा माङ्गलिक कार्य सम्पादन होलान्।प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ। नोकरीततर्फ हुनेहरूका लागि अनुकूल स्थानान्तरण र पदोन्नतिको समय छ। व्यापार व्यवसायमा प्रगति हुनेछ। नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। असार २५ पछि  बृहस्पतिको प्रभावले काम रोकिने, पढाइमा बाधा, सञ्चित धन खर्च हुने र कर्जा बढ्ने देखिन्छ। जन्मराशिमा रहेका राहुले शिरमा पीडा, उच्च रक्तचाप, मस्तिष्क र गुप्ताङ्गमा समस्या, अधैर्यपना र विवेकहीनता बढाउने सम्भावना छ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। पति/पत्नीबीच असमझदारी बढ्नेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। तापनि, शनिदेवको अनुकूलताले वर्षभरि सहयोगीहरूले साथ दिनेछन्। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। शिवपूजा, वटुक भैरव, छिन्नमस्ता र बगलामुखीको पूजा–आराधना तथा राहु, केतु र बृहस्पतिको मन्त्रजप गर्नाले शुभ हुनेछ।  असार, साउन, मंसिर, फागुन महिनामा बढी फाइदा हुनेछ। वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन्।

No comments:

Post a Comment