Sunday, March 22, 2015

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

 पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

Saturday, March 21, 2015

आजको पञ्चाङ्ग

वि.सं.२०७१ साल चैत ७ गते। शनिबार। इश्वी सन् २०१५ मार्च २१ तारिख। नेपाल संवत् ११३५ चौलाथ्व। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। चैत्र शुक्लपक्ष। तिथि– प्रतिपदा दिउँसो १:३३ बजेदेखि द्वितीया। नक्षत्र– उत्तरभाद्रपदा, बिहान १०:४ बजेदेखि रेवती। योग– शुक्ल, प्रात: ६:३१ बजेदेखि ब्रह्म, रात्रि ३:३३ बजेउप्रान्त ऐन्द्र। करण– वव, दिउँसो १:३३ बजेदेखि वालव, रात्रि १२:२७ बजेउप्रान्त कौलव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:१० बजे, सूर्यास्त– ६:१५ बजे र दिनमान ३० घडी १३ पला। पर्व– निमपत्र खाने र तेल लगाउने सांस्कृतिक दिवस, चोवाहान्हवं, कीलक वत्सर आरम्भ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

छर–छिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। केही चुनौती पनि आइलाग्न सक्छन्। धैर्यसाथ काम लिनुपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Gemini :


आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। परिवारजनको आवश्यकता पूर्तिमा खर्च बढ्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

सानातिना काममै अल्झनुपर्ने समय छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। धर्मकर्ममा मन जाला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। प्रयत्न गर्दा व्यावसायिक काम यथावत् बन्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ। व्यावसायिक काममा थप प्रोत्साहन पाइनेछ। व्यापार–व्यवसायमा विशेष लाभ होला। यात्रा पनि सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। प्रेमको बन्धन पनि कसिने बेला छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

Friday, March 20, 2015

आजको पञ्चाङ्ग

वि.सं.२०७१ साल चैत ६ गते। शुक्रबार।
इश्वी सन् २०१५ मार्च २० तारिख। नेपाल संवत् ११३५ चिल्लागा।
प्लवङ्ग संवत्सर। उत्तरायण। वसन्त ऋतु। चैत्र कृष्णपक्ष।
तिथि– अमावश्या अपराह्न ३:५२ बजेदेखि (चैत्र शुक्लपक्ष) प्रतिपदा।
नक्षत्र– पूर्वभाद्रपदा, दिउँसो १२:३० बजेदेखि उत्तरभाद्रपदा।
योग– शुभ, बिहान ९:३५ बजेदेखि शुक्ल।
करण– नाग, अपराह्न ३:५२ बजेदेखि किंस्तुघ्न, रात्रि २:४२ बजेउप्रान्त वव।
आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कुम्भ, प्रातः ६:५५ बजेदेखि मीन।
काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– ६:१४ बजे र दिनमान ३० घडी ०९ पला।
दर्शश्राद्ध, हलो बार्ने र निशि बार्ने औंसी, घोडेजात्रा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

धेरै श्रम गर्दा पनि तत्काललाई कम मात्र मूल्य पाइएला। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

व्यापारमा प्रशस्त फाइदा हुनेछ। मातापिता र प्रतिष्ठित व्यक्तित्वको सहयोग जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। कर्मसिद्धिको समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini :

सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूले साथ दिए पनि आजको काम अधुरै रहनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

व्यावसायिक काममा राम्रै फाइदाको योग छ। तर, कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि राम्रो लाभ मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। विशेष अवसरले पछ्याउने समय छ। पढाइलेखाइमा प्रगति हुनेछ। तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर रहला। व्यापारमा पनि कम मात्र फाइदा होला। आफूलाई एक्लो महसुस हुनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले तपाईंलाई फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मातृधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। आफ्नै कमजोरीले काममा चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल समेत गुम्ने देखिन्छ, सचेत रहनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

फाइदा कममात्र हुनेछ। पठन–पाठनमा पति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग छ। नियमित कामबाट फुर्सद निकालेर पनि अवसर हातपार्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानी बढाउनुपर्ने समय छ। छर–छिमेकमा हुने असमझदारीले अप्ठ्यारो पर्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। टाढाको यात्रा सम्भावना छ।

Wednesday, March 18, 2015

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :


समय उत्साहजनक रहनेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :


केही चुनौतीपूर्ण काममा हात हाल्नुपर्ला। आफन्तजनबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। केही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :


पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको समेत आनन्द मिल्नेछ। सहयोगीहरूले आँटेका काममा  राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। विशेष भेटघाट र विभिन्न उपहार हातलागी हुने समय छ। आत्म–विश्वास बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। स्वास्थ्यमा आरोग्य बढ्नुका साथै कामबाट फुर्सद मिल्ने समय छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :


काममा केही विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा नियमित फाइदा भने भइरहनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ, सचेत रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :


काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ हुनेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। पुरानो समस्याले भने केही झमेला आइलाग्न सक्छ। पारिवारिक असमझदारी बढ्नाले विशेष योजना रोकिन सक्छन्। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धनमध्ये केही अंश खर्चनुपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :


महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :


पारिवारिक असमझदारीले काममा विलम्ब हुन सक्छ। प्रयत्न गर्दा बिस्तारै आँटेका काम भने बन्नेछन्। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। महत्वपूर्ण काम र पढाइलेखाइमा पनि त्यति ध्यान दिन नसकिएला। केही कमजोरी अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। काममा राम्रै फाइदा होला। प्रशस्त धन आर्जन र सञ्चय गर्न सकिनेछ। तर, अधिकारका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला। दिन फुर्सदिलो र मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ उठाउन सकिनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini :


कठिन चुनौती सामना गर्नुपर्ला। तापनि, अप्ठ्यारो परिस्थितिमा समेत केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। भाग्योन्नतिको समय छ। केही अस्वस्थता अनुभूति हुनेछ। जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला। समयमा काम पूरा नहुन सक्छ। तापनि, नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धर्म र परोपकारमा मन जानेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :


व्यापारमा फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। तर, प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्। बहालवालाहरूबाट पनि सचेत रहनुहोला। पढाइलेखाइमा समय दिन नसकिएला।

आजको पञ्चाङ्ग

वि.सं.२०७१ साल चैत ४ गते। बुधबार।
इश्वी सन् २०१५ मार्च १८ तारिख। नेपाल संवत् ११३५ चिल्लागा।
प्लवङ्ग संवत्सर। उत्तरायण। वसन्त ऋतु। चैत्र कृष्णपक्ष।
तिथि– त्रयोदशी बेलुकी ८:४० बजेदेखि चतुर्दशी।
नक्षत्र– धनिष्ठा, अपराह्न ३:५० बजेदेखि शतभिषा।
योग– सिद्ध, अपराह्न ३:४९ बजेदेखि साध्य।
करण– गर, बिहान ९:५० बजेदेखि वणिज, बेलुकी ८:४० बजेउप्रान्त भद्रा।
आनन्दादिमा मित्र योग। चन्द्रराशि– कुम्भ।
काठमाडौंमा सूर्योदय– ६:१३ बजे, सूर्यास्त– ६:१३ बजे र दिनमान ३० घडी ०० पला।
प्रदोषव्रत, अपराह्न ३:५० देखि बेलुकी ८:४० बजेसम्म महावारुणी योग।