वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले कामहरू सजिलै बन्नेछन् र उत्साह पनि बढ्नेछ। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ। घरमा मांगलिक कार्य सम्पन्न हुनेछन्। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ। तर्कशक्ति बढ्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई पनि समय निकै अनुकूल देखिन्छ। शनि र केतुसमेत अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट पनि फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन लगायत भौतिक वस्तुहरू प्राप्तिको योग छ। असार २५ देखि बृहस्पति कष्टस्थानमा जाने हुनाले स्थिति अलि कमजोर बन्नेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। शिवजी, बगलामुखी र बटुक भैरवको उपासना गर्नाले फाइदा भइरहनेछ। असार, कात्तिक, मंसिर र चैत महिनामा बढी लाभ हुनेछ। वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।Thursday, April 16, 2015
मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): - २०७२ वार्षिक राशिफल
वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले कामहरू सजिलै बन्नेछन् र उत्साह पनि बढ्नेछ। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ। घरमा मांगलिक कार्य सम्पन्न हुनेछन्। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ। तर्कशक्ति बढ्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई पनि समय निकै अनुकूल देखिन्छ। शनि र केतुसमेत अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट पनि फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन लगायत भौतिक वस्तुहरू प्राप्तिको योग छ। असार २५ देखि बृहस्पति कष्टस्थानमा जाने हुनाले स्थिति अलि कमजोर बन्नेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। शिवजी, बगलामुखी र बटुक भैरवको उपासना गर्नाले फाइदा भइरहनेछ। असार, कात्तिक, मंसिर र चैत महिनामा बढी लाभ हुनेछ। वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।
Labels:
मकर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment