Friday, April 17, 2015

आजको पञ्चाङ्ग

वि.सं.२०७२ साल वैशाख ४ गते। शुक्रबार।
शकसंवत् १९३७। इश्वी सन् २०१५ अप्रिल १७ तारिख।
नेपाल संवत् ११३५ चौलागा। कीलक संवत्सर।
उत्तरायण। वसन्त ऋतु। वैशाख कृष्णपक्ष।
तिथि– चतुर्दशी, रात्रि ३:०१ बजेदेखि अमावश्या।
नक्षत्र– उत्तरभाद्रपदा, साँझ ७:०३ बजेपछि रेवती।
योग– ऐन्द्र, अपराह्न २:१३ बजेदेखि वैधृति।
करण– भद्रा, अपराह्न ४:१० बजेदेखि शकुनि, रात्रि ३:०१ बजेउप्रान्त चतुष्पद।
आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन।
काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– ६:२९ बजे र दिनमान ३२ घडी ०२ पला।
पर्व– भक्तपुरस्थित छुमागणेश यात्रा। मातातिचह्रे पूजा। साँझ ७:०३ बजेउप्रान्त सर्वार्थसिद्धि योग।

No comments:

Post a Comment