Thursday, April 16, 2015

मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा): - २०७२ वार्षिक राशिफल

वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। शनिदेवको अनुकूलताले शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार–व्यवसाय विस्तार हुनेछ। कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ। तर, असार २५ पछि परिस्थिति कमजोर बन्नेछ। माघ २ गतेसम्म गुहसुखमा रहने राहुले पारिवारिक असमझदारी, मातालाई पीडा, जग्गाजमिनमा विवाद, पशुधन हानि, आत्मीयजनसँग बिछोड, मित्रजनसँग मनमोटाव जस्ता समस्या आउन सक्छन्। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। पेट र छातीसम्बन्धी समस्याले पनि सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। प्रयत्न गर्दा विशेष छात्रवृत्ति र अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।विधिपूर्वक छिन्नमस्ता भगवती र बटुक भैरवको पूजा–उपासना गर्नाले, राहुको मन्त्रजप, अनुष्ठान गर्नाले र आफ्ना इष्टदेवको समेत आराधना गर्नाले फाइदा हुनेछ।  वैशाख, भदौ, मंसिर र चैत महिनामा बढी फाइदा हुनेछ। जेठ, असोज र माघ महिना अलि कष्टदायक रहनेछन्।

No comments:

Post a Comment