Thursday, April 16, 2015

तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): - २०७२ वार्षिक राशिफल

यो वर्षको सुरुमा ग्रहहरू प्रतिकूल भएकाले बाध्यात्मक परिस्थितिमा अल्झनुपर्नेछ। स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् र विश्वासपात्रले धोका दिनेछन्। धनस्थानका शनि र खर्चका राहु चुनौतीका कारक बन्नेछन्। बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। पिताको बारेमा चिन्ता बढ्नेछ। लगनशील विद्यार्थीका लागि मात्र यो वर्ष फलदायी रहनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले रोकिएका काम बन्नेछन् र गुमेको स्थान मिल्नेछ। बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। र, टाढिएका आफन्तहरू पनि नजिकिनेछन्। वर्षभरि शनिको अन्त्य साढेसाती चल्नेछ। जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई राम्रो फाइदा हुनेछ र प्रतिकूल हुनेहरूलाई विभिन्न विघ्नबाधा आइपर्नेछन्। माघ २ गतेसम्म राहुको कारणले अनियन्त्रित खर्च भइरहनेछ। पाउमा पीडा र यात्रामा हानि हुनेछ। विधिपूर्वक शनि र राहुको मन्त्रजप, काली र बटुक भैरवको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुनेछ।  तुलनात्मक रूपमा साउन, भदौ, पुस र चैत महिनामा सफलता मिल्नेछ। जेठ, असोज र माघ महिना अशुभ रहनेछन्।

No comments:

Post a Comment