Thursday, April 16, 2015

कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा): - २०७२ वार्षिक राशिफल

वर्षको सुरुमा आर्थिक अभावले सताउनेछ। विशवासपात्रले धोका दिनेछन्। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। विभिन्न अवसरले पछ्याउनेछन्। दीर्घकालसम्म फाइदा हुने योजना सुरु हुनेछन्। मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध स्थापित वा प्रगाढ हुने समय छ। सन्तान र जीवनसाथीको सहयोगले काम सजिलै बन्नेछन्। फलदायी यात्रा हुनेछ र काममा थप उत्साह जाग्नेछ। तर, कष्टस्थानमा राहुको उपस्थितिले विभिन्न बाधाहरू पनि आइपर्नेछन्। कब्जियत वा मलद्वारसम्बन्धी रोगले सताउला। खराब आचरण भएकाहरूको संगत बढ्ने वा कुलतमा परिने सम्भावना छ, सचेत रहनुहोला। माघ २ पछि पतिपत्नीमै असमझदारी बढ्ने योग छ। यो वर्ष प्रतिकूलताबाट मुक्ति पाउन राहु र केतुको मन्त्रजप गर्नाले, छिन्नमस्ता र बटुकभैरवको पूजा–आराधना गर्नाले लाभ मिल्नेछ। शिवजी र नागको पूजा गर्दा पनि फाइदा हुनेछ। वैशाख, साउन, मंसिर र पुस महिनामा बढी फाइदा हुनेछ। जेठ, असोज र माघ महिना प्रतिकूल रहनेछन्।

No comments:

Post a Comment