Saturday, April 25, 2015

आजको पञ्चाङ्ग

वि.सं.२०७२ साल वैशाख १२ गते। शनिबार।
शकसंवत् १९३७। इश्वी सन् २०१५ अप्रिल २५ तारिख।
नेपाल संवत् ११३५ वछलाथ्व। कीलक संवत्सर।
उत्तरायण। वसन्त ऋतु। वैशाख शुक्लपक्ष।
तिथि– सप्तमी, साँझ ७:३७ बजेदेखि अष्टमी।
नक्षत्र– पुनर्वशु, अपराह्न ४:३९ बजेपछि तिष्य।
योग– धृति, बेलुकी ९:१२ बजेउप्रान्त शूल।
करण– गर, बिहान ७:१४ बजेदेखि वणिज, साँझ ७:३७ बजेउप्रान्त भद्रा।
आनन्दादिमा छत्र योग।
चन्द्रराशि– मिथुन, बिहान १०:१८ बजेदेखि कर्कट।
काठमाडौंमा सूर्योदय– ५:३२ बजे, सूर्यास्त– ६:३३ बजे र दिनमान ३२ घडी ३२ पला।
पर्व– गंगा उत्पत्ति दिवस, गंगा सप्तमी। अपराह्न ४:३९ बजेसम्म त्रिपुष्कर योग।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

२०७२ साल वैशाख १२ गते। शनिबार

अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने नयाँ काम सुरु गर्ने समय छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिचौपायामा भने अलि कममात्र फाइदा होला। तापनि, प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धापछि प्रशस्त फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

२०७२ साल वैशाख १२ गते। शनिबार

विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ। पठनपाठनमा लाभान्वित बन्न सकिनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। मानसम्मानमा भने केही आघात पुग्न सक्छ। तापनि, प्रशंसकहरू बढ्नेछन्। बोलीको भरमा काम सम्पादन हुने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

२०७२ साल वैशाख १२ गते। शनिबार

प्रतिष्ठित काम गर्ने मौका छ। आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् रोकिएका काम सम्पादन हुने नयाँ काम पाइने योग छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

२०७२ साल वैशाख १२ गते। शनिबार

छरछिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। केही चुनौती पनि आइलाग्न सक्छन्। धैर्यसाथ काम लिनुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

२०७२ साल वैशाख १२ गते। शनिबार

श्रमको उचित मूल्यांकन होला। राम्रो अवसर छान्न पाइनेछ। आम्दानी बढ्ने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। समय उत्साहवर्द्धक रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

२०७२ साल वैशाख १२ गते। शनिबार

कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापारव्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

२०७२ साल वैशाख १२ गते। शनिबार

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

२०७२ साल वैशाख १२ गते। शनिबार

विद्यामा कमजोरी लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। भ्रमणको उद्देश्य पूरा नहोला, समयमात्र बित्नेछ। स्वास्थ्यगत समस्याले पनि सताउनेछ। उपचारमा खर्च होला। सानातिना काम घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजाउपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

२०७२ साल वैशाख १२ गते। शनिबार

सहयोगीहरूको साथ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता प्रेमको बन्धन कसिने बेला छ। व्यापारव्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

२०७२ साल वैशाख १२ गते। शनिबार

व्यवसायमा आम्दानी बढ्ने फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्नुका साथै अलि अन्यायमा परिने समय , सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

२०७२ साल वैशाख १२ गते। शनिबार

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारव्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

२०७२ साल वैशाख १२ गते। शनिबार


सामाजिक काममा फाइदा होला। घरगृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

Thursday, April 23, 2015

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

२०७२ साल वैशाख १० गते।बिहिबार

स्थिति अनुकूलै भए पनि काम नबन्ने चिन्ताले अलि सताउनेछ। समयमा निर्णय लिन फुर्सदको सदुपयोग गर्न नसकिएला। आफ्नै कमजोरीले अवसर फुत्कन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्न सक्छ। विवादमा परिने वा आरोप आइलाग्ने समय छ। तापनि, धैर्य लगनशीलताले काम बन्नेछन्। विशेष योजना भए गोप्य रहँदै राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

२०७२ साल वैशाख १० गते।बिहिबार

पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना , सचेत रहनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

२०७२ साल वैशाख १० गते।बिहिबार

केही मात्रामा खर्च बढ्नेछ। काममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण टाढाको यात्रा सम्भावना छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

२०७२ साल वैशाख १० गते।बिहिबार

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

२०७२ साल वैशाख १० गते।बिहिबार

कामको सन्दर्भमा निकै दौडधुप गर्नुपर्ला। निकै प्रयत्न गरेपछि मात्र उद्देश्य पूरा हुनेछन्। इच्छविपरीतप्रतिष्ठितहरूको पछि लाग्नुपर्ला। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। अधिकार खोज्दा बित्थैको झमेलामा परिने सम्भावना छ। काम रोकिनाले उत्साहमा कमी आउन सक्छ। नयाँ वा विशेष कामका लागि केही समय पर्खनु बुद्धिमानी हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

२०७२ साल वैशाख १० गते।बिहिबार

धर्ममा श्रद्धा परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगी जुटाउन नसकिएला। चुनौतीपूर्ण कामको दायित्व आइपर्ला। धेरै परिश्रमपछि न्यून सफलता मिल्ने देखिन्छ। आँटेको काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिने सम्भावना , सचेत रहनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

२०७२ साल वैशाख १० गते।बिहिबार

कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजाउपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

२०७२ साल वैशाख १० गते।बिहिबार
विभिन्न अवसरले पछ्याउनेछन्। दाम्पत्य जीवन आनन्दमय बन्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता प्रेमको बन्धन कसिनेछ। व्यापारव्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। मित्रता प्रेमको बन्धन पनि कसिने बेला छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

२०७२ साल वैशाख १० गते।बिहिबार

टाढाको यात्रा व्यवस्थापनमा खर्च हुनेछ। केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम व्यापारव्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु रोगबाट छुटकारा मिल्नेछ। मुद्दामामिलामा विजयी भइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

२०७२ साल वैशाख १० गते।बिहिबार

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला धैर्यले काम लिने समय छ। काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। सन्तान वा अनुयायी मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।