बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ। धेरै रोकिएका काम बन्नेछन्। घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। मङ्गलमय कृत्यहरू सम्पादन हुनेछन्। शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। यस्तै नोकरीमा पदोन्नति, अनुकूल स्थानप्राप्ति वा नयाँ रोजगारको अवसर मिल्नेछ। मानसम्मान समेत पाइने वर्ष छ। व्यापार–व्यवसायमा उन्नति हुनेछ। आयआर्जनका नया“ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ। स्थायी सम्पत्तिको बेचबिखनबाट प्रशस्त लाभ मिल्नेछ। राहुको अनुकूलताले नया“ उद्योग–धन्दा थालनी गर्न सकिनेछ। काम गर्ने हिम्मत बढ्नेछ। तर, दाजुभाइमा असमझदारी बढ्न सक्छ। माघ २ देखि राहु र केतुको स्थानान्तरणले चल–अचल सम्पत्तिमा विवाद, मानहानि एवं दाँत, आँखा र मलद्वारमा कमजोरी निम्त्याउने देखिन्छ। पेटमा शनिदेवको उपस्थितिले यदाकदा पेटको समस्या र पढाइलेखाइमा आलस्य हुने योग छ। सन्तानका बारेमा पनि चिन्ता बढ्नेछ। काली भगवती, छिन्नमस्ता र वटुक भैरवको उपासना गर्नाले फाइदा होला। वैशाख, जेठ, असोज, पुस महिनामा बढी फाइदा हुनेछ। असार, कात्तिक र फागुन महिना अलि कष्टदायी रहनेछन्।Thursday, April 16, 2015
कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): - २०७२ वार्षिक राशिफल
बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ। धेरै रोकिएका काम बन्नेछन्। घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। मङ्गलमय कृत्यहरू सम्पादन हुनेछन्। शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। यस्तै नोकरीमा पदोन्नति, अनुकूल स्थानप्राप्ति वा नयाँ रोजगारको अवसर मिल्नेछ। मानसम्मान समेत पाइने वर्ष छ। व्यापार–व्यवसायमा उन्नति हुनेछ। आयआर्जनका नया“ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ। स्थायी सम्पत्तिको बेचबिखनबाट प्रशस्त लाभ मिल्नेछ। राहुको अनुकूलताले नया“ उद्योग–धन्दा थालनी गर्न सकिनेछ। काम गर्ने हिम्मत बढ्नेछ। तर, दाजुभाइमा असमझदारी बढ्न सक्छ। माघ २ देखि राहु र केतुको स्थानान्तरणले चल–अचल सम्पत्तिमा विवाद, मानहानि एवं दाँत, आँखा र मलद्वारमा कमजोरी निम्त्याउने देखिन्छ। पेटमा शनिदेवको उपस्थितिले यदाकदा पेटको समस्या र पढाइलेखाइमा आलस्य हुने योग छ। सन्तानका बारेमा पनि चिन्ता बढ्नेछ। काली भगवती, छिन्नमस्ता र वटुक भैरवको उपासना गर्नाले फाइदा होला। वैशाख, जेठ, असोज, पुस महिनामा बढी फाइदा हुनेछ। असार, कात्तिक र फागुन महिना अलि कष्टदायी रहनेछन्।
Labels:
कर्कट
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment