Thursday, April 16, 2015

धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): -२०७२ वार्षिक राशिफल

वर्षको सुरुवात त्यति अनुकूल देखिन्न। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। विरोधीहरूले टाउको उठाउन सक्छन्। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। असार २५ देखि बृहस्पतिले भाग्यलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्न थाल्नेछन्। विभिन्न मंगलमय कृत्य सम्पादन हुनेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सहपाठीहरूलाई उछिन्न सकिनेछ। शनिको आद्य साढेसातीले जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई वर्षभरि मानसिक पीडा, कष्ट, जरिवाना, बदनामी, बन्धन जस्ता विघ्नबाधा समेत आउन सक्छन्। माघ २ गतेसम्म कर्मवृत्तिमा राहुको उपस्थितिले कामको सही मूल्यांकन नहोला। जस नपाइने, अधिकारीवर्गसँग सम्बन्ध बिग्रने र कलंक लाग्ने सम्भावना छ। सुखस्थानका केतुले पनि विपत्ति निम्त्याउने योग छ। विधिपूर्वक काली भगवती र वटुक भैरवको उपासना, राहु र शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ। शुक्ल पञ्चमीमा नागको पूजा गर्दा पनि फइदा होला।  तुलनात्मक रूपमा जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहनेछन्। साउन, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन्।

No comments:

Post a Comment