वर्षको सुरुमा बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ। परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। तर, आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ। तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा विशेष छात्रवृत्ति र अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् र आर्थिक उपार्जनमा सुधार आउनेछ। कष्टस्थानमा शनिको उपस्थितिले नसा, जोर्नी वा गुप्ताङ्गसम्बन्धी समस्या आउन सक्छ। खर्च र ऋणभार समेत बढ्ने देखिन्छ। पुस र माघ महिनामा शत्रुहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। यो वर्ष घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। वर्षभरि शनिबार पीपलमा जल चढाउनाले र गणेश, बगलामुखी र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ। असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुनेछ। साउन, मंसिर र चैत महिना भने अलि प्रतिकूल रहनेछन्।Thursday, April 16, 2015
मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): - २०७२ वार्षिक राशिफल
वर्षको सुरुमा बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ। असार २५ पछि बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ। परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। तर, आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ। तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा विशेष छात्रवृत्ति र अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् र आर्थिक उपार्जनमा सुधार आउनेछ। कष्टस्थानमा शनिको उपस्थितिले नसा, जोर्नी वा गुप्ताङ्गसम्बन्धी समस्या आउन सक्छ। खर्च र ऋणभार समेत बढ्ने देखिन्छ। पुस र माघ महिनामा शत्रुहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। यो वर्ष घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। वर्षभरि शनिबार पीपलमा जल चढाउनाले र गणेश, बगलामुखी र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ। असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुनेछ। साउन, मंसिर र चैत महिना भने अलि प्रतिकूल रहनेछन्।
Labels:
मेष
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment