बृहस्पतिको अनुकूलताले वर्षारम्भ उत्साहवर्द्धक देखिन्छ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ। कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मन प्रसन्न रहनेछ। असार २५ पछि शत्रुस्थानमा बृहस्पतिको गोचरले परिस्थिति अनायासै बिग्रनेछ। काममा अवरोध गर्नेहरूले सताउने भएकाले महत्वपूर्ण योजना गोप्य राख्नुहोला। आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। शनि र राहुसमेतको गोचरीय स्थिति विचार गर्दा पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता, झुटा आरोपजस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ। नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले पनि सताउन सक्छ। श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला। खर्च र ऋणभार समेत बढ्ने देखिन्छ। वैदेशिक रोजगारीमा पनि केही समस्या आउनेछन्। बटुक भैरव, बगलामुखी र छिन्नमस्ता भगवतीको पूजा–उपासना गर्नाले प्रतिकूल समयमा पनि फाइदा पुग्नेछ। जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ। असार, कात्तिक र फागुन महिना अलि प्रतिकूल रहनेछन्।Thursday, April 16, 2015
मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): २०७२ वार्षिक राशिफल
बृहस्पतिको अनुकूलताले वर्षारम्भ उत्साहवर्द्धक देखिन्छ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ। कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मन प्रसन्न रहनेछ। असार २५ पछि शत्रुस्थानमा बृहस्पतिको गोचरले परिस्थिति अनायासै बिग्रनेछ। काममा अवरोध गर्नेहरूले सताउने भएकाले महत्वपूर्ण योजना गोप्य राख्नुहोला। आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। शनि र राहुसमेतको गोचरीय स्थिति विचार गर्दा पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता, झुटा आरोपजस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ। नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले पनि सताउन सक्छ। श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला। खर्च र ऋणभार समेत बढ्ने देखिन्छ। वैदेशिक रोजगारीमा पनि केही समस्या आउनेछन्। बटुक भैरव, बगलामुखी र छिन्नमस्ता भगवतीको पूजा–उपासना गर्नाले प्रतिकूल समयमा पनि फाइदा पुग्नेछ। जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ। असार, कात्तिक र फागुन महिना अलि प्रतिकूल रहनेछन्।
Labels:
मीन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment