काममा दुःख भए पनि वर्षको सुरुमा राम्रै उपलब्धि हातलागी हुनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय कृत्य सम्पादन गरिएला। मानसम्मान पाइनेछ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। विद्यार्थीहरूलाई शैक्षिक भ्रमण वा अध्ययन गर्न विदेश जाने मौका आउलाा। आम्दानीको क्षेत्रमा बसेका राहुले ठेकेदारी, सट्टापट्टा र प्राविधिक कामहरूबाट फाइदा दिलाउनेछन्। अतिरिक्त आम्दानी बढ्नेछ। तर, शिरमा बसेका शनिको मध्य साढेसाती समय भएकाले वर्षभरि अनेक झमेला समेत आइलाग्नेछन्। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई चिन्ता, कष्ट, जरिवाना, अभाव जस्ता समस्या आउलान्। विभिन्न लाञ्छना लाग्ने र गल्तीबिनै सजायको भागीदार बन्नुपर्ने परिस्थिति आउला। असार २५ पछि बृहस्पतिको प्रतिकूलताले पढाइलेखाइ र काममा बाधा होला। माघ २ पछि झुटा आरोप लाग्नुका साथै नोकरीमा पनि अप्ठ्यारो पर्न सक्छ। प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ला। विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले तपाईंलाई फाइदा हुनेछ। तपाईंलाई वैशाख, भदौ, असोज र माघ महिना बढी लाभदायी रहनेछन् भने असार, कात्तिक र फागुन महिनामा अलि हानि हुनेछ।Thursday, April 16, 2015
वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु): - २०७२ वार्षिक राशिफल
काममा दुःख भए पनि वर्षको सुरुमा राम्रै उपलब्धि हातलागी हुनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय कृत्य सम्पादन गरिएला। मानसम्मान पाइनेछ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। विद्यार्थीहरूलाई शैक्षिक भ्रमण वा अध्ययन गर्न विदेश जाने मौका आउलाा। आम्दानीको क्षेत्रमा बसेका राहुले ठेकेदारी, सट्टापट्टा र प्राविधिक कामहरूबाट फाइदा दिलाउनेछन्। अतिरिक्त आम्दानी बढ्नेछ। तर, शिरमा बसेका शनिको मध्य साढेसाती समय भएकाले वर्षभरि अनेक झमेला समेत आइलाग्नेछन्। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई चिन्ता, कष्ट, जरिवाना, अभाव जस्ता समस्या आउलान्। विभिन्न लाञ्छना लाग्ने र गल्तीबिनै सजायको भागीदार बन्नुपर्ने परिस्थिति आउला। असार २५ पछि बृहस्पतिको प्रतिकूलताले पढाइलेखाइ र काममा बाधा होला। माघ २ पछि झुटा आरोप लाग्नुका साथै नोकरीमा पनि अप्ठ्यारो पर्न सक्छ। प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ला। विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले तपाईंलाई फाइदा हुनेछ। तपाईंलाई वैशाख, भदौ, असोज र माघ महिना बढी लाभदायी रहनेछन् भने असार, कात्तिक र फागुन महिनामा अलि हानि हुनेछ।
Labels:
वृश्चिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment